७ बैशाख २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री गान्जौरीको निधन


मृत्यु

कायरो । इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटक मुलुकको प्रधानमन्त्री हुनुभएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

लामो समयदेखि बिरामी भएर उपचार गराइरहनु भएका गान्जौरीको एयर फोर्स हस्पीटलमा निधन भएको हो ।

उहाँको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गर्नुभएको छ । आफ्नो देश र जनताप्रति अति प्रतिबद्ध नेताको रूपमा उहाँले पूर्वप्रधानमन्त्री गान्जौरीलाई स्मरण गर्नुभएको छ ।

“उहाँमा स्पष्ट दृष्टीकोण थियो, उहाँ सफल नेता हुनुहुन्छ भने उहाँमा नेतृत्व गर्ने विषेश क्षमता पनि थियो,” राष्ट्रपति सिसिले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

उहाँले इजिप्टको राजनीतिक तथा आर्थिक क्षेत्रमा ठूलो योगदान गरेको पनि राष्ट्रपति सिसिले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

गान्जौरीले सन् १९९६ देखि १९९९ सम्म तत्कालीन राष्ट्रपति होस्नी मुवारकअन्तर्गत रहेर प्रधानमन्त्रीका रूपमा काम गर्नुभएको थियो । दोस्रो पटक भने सन् २०११ मा उहाँ प्रधानमन्त्री बन्नु भएको थियो । त्यसपछि सन् २०१३ मा उहाँलाई राष्ट्रपतिको आर्थिक मामिला सल्लाहकारमा नियुक्त गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !