रुसी खोप स्पुत्निक-भी लाई २६ देशमा अनुमति Nepalpatra रुसी खोप स्पुत्निक-भी लाई २६ देशमा अनुमति
२४ फाल्गुन २०७७, सोमबार

रुसी खोप स्पुत्निक-भी लाई २६ देशमा अनुमति


रुसी खोप स्पुत्निक-भी

मस्को । कोरोना भाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ । रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ ।

“अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्,” आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक–भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोप अन्तर्गत परेको अधिकारीहरूको भनाइ छ । उनीहरूका अनुसार धेरै माग गरिएका मध्ये तेस्रो क्रममा स्पुत्निक–भी खोप परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !