१२ बैशाख २०८१, बुधबार

१९ वर्षीया सृष्टि गोस्वामीला आज एकदिने मुख्यमन्त्री बन्दै


सृष्टि गोस्वामीला File Photo

काठमाडौं । भारतको उत्तराखण्डमा आज १९ वर्षीया किशोरी एक दिनको मुख्यमन्त्री बन्ने भएकी छिन् । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको मुख्यमन्त्री बनाउन लागेको स्रोतले बतायो ।

गोस्वामी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् । उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनु हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !