चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन Nepalpatra चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन
१८ फाल्गुन २०७७, मंगलबार

चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

अस्ताए चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङ


ल्यारी किङ

लस एन्जलस । चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । ८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा आज निधन भएको बीबीसीले जनाएको छ ।

उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत किङको निधनको पुष्टि गरेको हो । उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएको जनाइएको छ । सिएनएनमा मात्र २५ वर्ष काम गरेका किङ अन्तर्वार्ताका लागि ‘किङ’ नै मानिन्थे ।

आफ्नो जीवनकालमा उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए । किंग अन्तर्वार्ताका लागि निकै सशक्त मानिन्थे । उनले अन्तर्वार्तामा प्रयोग गर्ने सट्यार र विषयप्रतिको संवेदनशीलताले उनलाई विशेष बनाएको थियो।

उनीमा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ । ल्यारी किङले आफ्नो ६ दशकको व्यवसायिक जीवनमा प्रतिनीधित्व गरेका अमेरिकाका सबै राष्ट्रपतिहरू सहित हलिउड कलाकारहरू र खेलकुदका प्रतिभाहरूको गरी ५० हजार भन्दा अन्तरवार्ता लिएका थिए ।

ल्यारी किङले लगातार २५ वर्ष सीएनएनमा प्रत्यक्ष कुराकानी हुने कार्यक्रम सञ्चालन गरेका थिए । सबैजसो अन्तरवार्तामा सकरात्मक चर्चा पाउने किङले ३ वर्ष अघि एउटा अन्तर्वातामा आफू सँधै जवाफ सुन्नेँ, सधैँ सिक्ने र हरेक दिन सिक्दै राम्रो गर्ने गरेका कारण व्यवसायिक सफलता पाएको बताएको खबरमा उल्लेख छ ।

करीव ३ हप्ताअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनमा टाइप टु डाइबेटिजबाट पीडित किङ केही वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट गुज्रदै आएका थिए ।

 ल्यारी किङ  ल्यारी किङ  ल्यारी किङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !