६ बैशाख २०८१, बिहिबार

विश्वमा कोरोना भाइरसबाट १४ लाख ८२ हजारभन्दा बढीको मृत्यु


कोरोना असर : विश्वभर १ करोड बालिबालिकाले स्कुल छाड्दैछन्

पेरिस । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १४ लाख ८२ हजार २४० व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले बुधबार अपराह्नमा जानकारी दिएको छ

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड ३८ लाख ७ हजार ६५ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ४ करोड ६९ लाख ५ हजार ७०० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट मंगलबार, एकै दिनमा विश्वभरी १३ हजार १८६ जनाको मृत्यु भएको छ । छ लाख २५ हजार ३०१ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा मेक्सिको र तेस्रोमा र इटाली रहेका छन् ।

अमेरिकामा मङ्गलबार एकै दिनमा २ हजार ५६२ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ८२५ र इटाली ७८५ को मृत्यु भएको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ७० हजार ६९१ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ३७ लाख २६ हजार ३०६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ती मध्ये ५२ लाख २६ हजार ५८१ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ७३ हजार ८१७ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ६३ लाख ८६ हजार ७८७ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख ३८ हजार १२२ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ९४ लाख ९९ हजार ४१३ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६ हजार ७६५ जनाको मृत्यु भएको छ भने ११ लाख २२ हजार ३६२ जना सङ्क्रमित भएका छन् ।संयुक्त अधिराज्यमा ५९ हजार ५१ जनाको मृत्यु भएको छ भने १६ लाख ४३ हजार ८६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ८६ हजार ५०० भन्दा बढी व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको जानकारी दिएको छ । धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !