११ बैशाख २०८१, मंगलबार

भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो


भूकम्प

१७ कात्तिक । टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुको भनाईलाई विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।

टर्कीमा गएको सो भूकम्पको सम्पूर्ण क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ ।

भूकम्पबाट ९६२ जना नागरिक घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । सो विभागकाअनुसार ती घाइतेमध्ये २१९ जना अहिले पनि उपचाररत रहेका छन् भने अरु अस्पतालबाट डिस्चार्ज भएका पनि सो विभागमा अधिकारीहरुले जानकारी गराएका छन् ।

भूकम्पपछि एक हजारभन्दा बढी पराकम्प महसुस गरिएको थियो । तीमध्ये ४३ परकम्पहरु ४ म्याग्निच्युडका भन्दा माथिकै रहेका र स्थानीय बासिन्दाले महसुश गरेका जानकारी दिएका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुगेको जानकारी सोमबार दिनुभएको हो ।

उहाँले खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गर्नुभयो । यहाँका दर्जनांै घर भत्केको विवरणहरु आएको र यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ ।

उद्धारको काम जारी रहेको र हाल त्यहाँ हजारौँ नागरिक टेन्टमा बसेका बताइएको छ । जसका कारण ठूलो संख्यामा सहयोगको आवश्यकता रहेको पनि अधिकारीहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !