१० कार्तिक २०७७, सोमबार

थाइल्याण्डको आन्दोलन अनुगमन गरिरहेको मानवअधिकार आयोगको भनाई



epa05571702 A file picture made available on 05 October 2016 shows United Nations High Commissioner for Refugees (UNHCR) Antonio Manuel de Oliveira Guterres informs the media about the Launch of UNHCR’s global Statelessness campaign during a press conference at the European headquarters of the United Nations in Geneva, Switzerland, 903 November 2014. According to reports, Guterres is set to be confirmed as new UN Secretary General by a formal vote of the UN Security Council on 06 Ovctober 2016. EPA/SALVATORE DI NOLFI

न्युयोर्क, १ कात्तिक । संयुक्त राष्ट्रंघीय मानवअधिकारसम्बन्धी उच्च आयोगले थाइल्याण्डको आन्दोलनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । थाइल्याण्डको आन्दोलनलाई नजिकबाटै अनुगमन गरिरहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिनुभएको हो ।

उहाँले संयुक्त राष्ट्रसंघको त्यस अनुगमनबाट हेर्दा थाइल्याण्डका नागरिकले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउनुपर्ने पनि बताउनुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता डुजारिकले पत्रकार सम्मेलनमा भन्नुभएको थियो– हामीले यस आन्दोलनलाई धेरै नै नजिकबाट अनुगमन गरिरहेका छौँ, यहाँका प्रदर्शनकारी र यहाँका सरकारी अधिकारीहरुको निकटमै रहेर हामीले यस आन्दोलनको अनुगमन गरिरहेका छौँ ।

उहाँले संसारमा नै हरेक देशका नागरिकहरुले आफ्ना मागहरु राखेर प्रजातान्त्रिक रुपमा र शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार रहेको पनि बताउनुभयो । हरेक नागरिकले बिना हातहतियार शान्ति पूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना मागहरु राख्ने अधिकार पाउने र त्यो अधिकार थाइल्याण्डले पनि दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले सो पत्रकार सम्मेलनका क्रममा थाइ सरकारलाई आन्दोलन गर्ने नागरिकको अधिकार नखोस्न बारम्बार भन्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वासिङ्टन, १० कात्तिक । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार

इस्लामावाद, ४ कात्तिक । छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ ।

बेइजिङ, ४ कात्तिक । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ

नयाँ दिल्ली, ४ कात्तिक । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री