कारबम बिस्फोटमा परेर ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु



कारबम बिस्फोट

काबुल, १५ असोज । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा कारबम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ ।

प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले गएराति सैनिक लक्षित आक्रमण भएको जानकारी दिनुभयो । मारिएका सर्वसाधारणमा दुई महिला र दुई पुरुष समेतका रहेका छन् ।

अफगानिस्तानमा सक्रिय विद्रोही समूह तालिबान र इस्लामिक स्टेट दुबैले उक्त घटनाका बारेमा केही बताएका छैनन् ।

केही दिनदेखि अफगानिस्तान सरकार र मुख्य विद्रोही तालिबान समूहबीच कतारको राजधानी दोहामा प्रत्यक्ष वार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटना निरन्तर भइरहेका छन् ।

तालिबान समूहले शान्तिवार्तामा अफगान सरकार सहभागी भए पनि तालिबान विरुद्ध सैनिक कारबाही जारी रहेको भन्दै आलोचना गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वासिङ्टन, १० कात्तिक । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार

इस्लामावाद, ४ कात्तिक । छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ ।

बेइजिङ, ४ कात्तिक । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ

नयाँ दिल्ली, ४ कात्तिक । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री