७ बैशाख २०८१, शुक्रबार

मालीको प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री मोक्तार नियुक्त


मोक्तार ओउने

बामाको, १२ असोज । अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति बाह एनडाउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई मुलुकको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।

माली सरकारको आधिकारिक ट्वीटमा राष्ट्रपति बाहले मोक्तारलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको घोषणा गरिएको थियो । नवनियुक्त प्रधानमन्त्री मोक्तारले सन् १९९५–२००२ सम्म मालीका लागि स्थायी प्रतिनिधि तथा सन् २००४–२००९ सम्म विदेशमन्त्रीका रुपमा कार्य गर्नु भएको थियो ।

मालीको नयाँ मन्त्रिपरिषदको घोषणा केहीदिनभित्रै गर्ने योजना रहेको छ ।

गत अगष्ट १८ मा मालीको सेनाले सरकार विरोधी प्रदर्शन जारी रहेकै अवस्थामा तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकर केइटालाई सत्ताच्यूत गराएको थियो । नयाँ निर्वाचन नहुँदासम्म १८ महिनासम्मका लागि संक्रमणकालीन सरकार गठन हुने प्रक्रियामा रहेको छ ।

गएको शुक्रबार मालीका पूर्व रक्षामन्त्री बा एनडाउलाई संक्रमणकालीन राष्ट्रपतिका रुपमा सपथ गराइएको थियो । सैनिक विद्रोहको नेतृत्व गरेका जनरल आसिमी गोइटा भने उपराष्ट्रपतिमा रहनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !