७ कार्तिक २०७७, शुक्रबार

मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु



मेक्सिको सिटी, ९ असोज । मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ ।

मन्त्रालयका अनुसार स्थानीय समयानुसार बिहीबार अबेरसम्ममा कोरोना संक्रमितको कूल संख्या सात लाख १५ हजार ४५७ पुगेको छ ।

मेक्सिकोमा लगातार आठ हप्तादेखि दैनिक संक्रमितको संख्या निरन्तर घट्दो क्रममा देखिएको छ । तर सरकारी स्वास्थ्य अधिकारीहरुले आगामी अक्टोबरमा कोरोना संक्रमणको दोस्रो लहर देखिने सम्भावना रहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघिसकेको छ भने मृतकको संख्या झण्डै १० लाख पुग्न लागेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इस्लामावाद, ४ कात्तिक । छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ ।

बेइजिङ, ४ कात्तिक । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ

नयाँ दिल्ली, ४ कात्तिक । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री

टक्सन, ४ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आउनुभएको छ । अमेरिकी