१२ बैशाख २०८१, बुधबार

कंगनाको अफिसको तोडफोड रोक्न बम्बई उच्च अदालतको निर्देशन


कंगना रनावत

बम्बई, भदौ २४ । बम्बई उच्च अदालतले बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा मुम्बई महानगरपालिकाको कारवाही रोक लगाउन आदेश दिएको छ । उच्च अदालतले बीएमसीलाई कंगनाको याचिकाको जवाफ दिन पनि निर्देशन दिएको छ ।

यसअघि मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनावतको बंगलाका केही हिस्सा तोडफोड गर्न सुरु गरेको थियो जसलाई उनीहरुले अवैध तरिकाले गरिएको परिवर्तन बताइरहेका थिए । कंगना रनावत आफैंले उक्त कारवाहीको तस्बिर पोस्ट गर्दै मुम्बईको तुलना पुनः पाकिस्तान प्रशासित काश्मीरसँग गरेकी छिन् । पछिल्लो पटक उनको यहि बयानले हंगामा मच्चिएको थियो ।

उनले यो आफ्नो अफिस मात्र नभएर राम मन्दिर भएको पनि उल्लेख गरेकी छिन् । उनले, आफ्नो अफिसमा बाबर प्रवेश गरेको बताएकी छिन् । कंगनाले आफू आउनु अगाडि नै महराष्ट्र सरकारका गुन्डाहरु आफ्नो अफिस पुगेको र त्यसलाई तोडेको उल्लेख गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !