८ बैशाख २०८१, शनिबार

रिया चक्रवर्तीलाई सेप्टेम्वर २२ सम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश


रिया चक्रवर्ती

मुम्वइ, भदौ २४ । बलिउडकी अभिनेत्री रिया चक्रवर्तीलाई भारतको लागु औषध नियन्त्रण निकायले आफ्नो प्रेमी तथा अभिनेता सुशान्त सिंह राजपुतका लागि लागु औषध किनेर दिएको अभियोगमा गिरफतार गरेको छ । ३४ वर्षिय राजपुतलाई गत १४ जुनमा मुम्वइस्थित आफ्नै फ्लयाटमा मृत अवस्थामा फेला पारिएको थियो । प्रहरीले उनले आत्महत्या गरेको बताएका थिए ।

तर राजपुतका परिवारले रियाले उनलाई आत्महत्या गर्न सघाएको भन्दै प्रहरी समक्ष उजुरी दर्ता गरेको थियो । पक्राउपछि रियाले कुनै प्रतिक्रिया दिएकी छैनन् । तर यस अघि उनले आफुले कुनै पनि गलत काम नगरेको बयान दिँदै आएकी थिइन् । रियाको जमानत अस्विकार गदैं अदालतले उनलाई २२ सेप्टेम्वरसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !