८ बैशाख २०८१, शनिबार

को हुनसक्छ जापानमा शिन्जो आबेको उत्तराधिकारी ?


सिन्जो आबे

टोकियो, १३ भदौ । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा रहेको छ । विकल्प तयार भइसकेको देखिँदैन । यहाँ केही सम्भावित उम्मेदवारहरूको पार्टीगत भूमिकाबारे चर्चा गरिएको छ ।

तारो एसो

वित्तमन्त्री र उप प्रधानमन्त्रीको रूपमा दोहोरो जिम्मेवार सम्हाल्दै आएका ७९ वर्षीर्य तारो एसो लिबरल डेमोक्र्याटिक पार्टीको पाका नेता भएपनि सम्भावित उत्तराधिकारी हुन सक्नुहुन्छ । आवेका निकट सहयोगी एसोले सन् २००८ देखि सन २००९ सम्म प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । तर उहाँले सन् २०१२ देखि उपप्रधानमन्त्री र वित्तमन्त्रीका रूपमा काम गर्दै आउनु भएको हो । सन् २००९ मा सत्ताधारी एलडीपी पार्टीले नराम्रो पराजय व्यहोरेसँगै एसोले प्रधानमन्त्रीको पद त्याग्नुपरेको थियो । लामो समयदेखि उहाँले उच्च पदमा पुग्ने आशा राखेपनि आवेको आर्थिक सुधारको नाराले उहाँ छायाँमा पर्दै आउनुभएको छ ।

उहाँको लामो राजनीतिक जीवन बुढापाका व्यक्तिमा सरकारी लगानी खेर फाल्नु नहुने भन्ने विवादास्पद भनाइका कारण बारम्बार छायाँमा परेको छ । उहाँले संवैधानिक सुधार गर्ने समय जर्मनी नाजीबाट सिकेर सरकारी लगानीलाई जोगाउनु पर्ने भनी दिएको प्रतिक्रियाले एलडीटीमा ठूलै विवाद ल्याएको थियो । उहाँले सन् २००८को विश्वव्यापी आर्थिक सङ्कटका वेला व्यापक आर्थिक प्रोत्साहनको कार्यक्रम ल्याउनुभएको थियो ।

शिगेरू इशिबा

पूर्व रक्षामन्त्री शिगेरू इशिबा एक सैन्यकुशल क्षमता भएका नेता हुनुहुन्छ । पप संगीतको फ्यान भएका कारण युवाजगतमा उहाँ लोकप्रिय हुनुहुन्छ । पुरानो बैंकर तथा राजनीतिक परिवारका सदस्यसमेत रहेका इवेरूको सरकार सञ्चालनमा महत्वपूर्ण अनुभव रहेको छ । उहाँलाई जापानको राजनीतिक क्षेत्रमा प्रखर वक्ताको रूपमा हेरिन्छ । उहाँ केवल २९ वर्षमा जापानको संसद सदस्यमा निर्वाचित भई आउनुभएको हो । आबेले जस्तै इशिबालाई आफ्नो कार्यक्रमको सशक्त प्रतिवाद गर्नसक्ने नेताका रूपमा लिइन्छ । उहाँले संविधानमा देशको आत्मरक्षा बलको भूमिकालाई शान्तिपूर्णरूपमा अझ मजबुत बनाउन चाहनुहुन्छ । जापानले आफ्नो माटोमा आणविक हतियार निषेध गर्ने नीतिमा पुनर्विचार गर्नुपर्दछ कि हुँदैन भन्ने कुरामा उहाँ मध्यम धारको धारणा राख्ने व्यक्ति हो ।

उहाँले पनि लामो समयसम्म मन्त्री परिषद्मा काम गरेको अनुभव छ । आबेको सफलतामा जनसमर्थन त प्रमुख थियो नै उहाँका मन्त्रीहरूको पनि उत्तिकै अहम् भूमिका रहेको थियो । कुनै समय एलडीपीकबाट अलग भएका इशिबा दलकै सांसदहरूबीच कमै लोकप्रिय मानिनुहुन्छ । उहाँले सन् २०१८ मा एलडीपीको तर्फबाट सरकारको नेतृत्वका लागि भएको निर्बाचनमा भारी मतले आवेसँग पराजित हुनुभएको थियो । इशिबाले कुनै समय दल परित्याग गरेको भएपनि एलडीपीले उहाँको क्षमताको मूल्याङ्कन गर्दै महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

योशिहिदे सुगा

आबेको पहिलो कार्यकाल पछि विश्वाशिलो सल्लाहकारको रूपमा राष्ट्रिय प्रतिष्ठा कमाएका ७१ वर्षीय योशिहिदे सुगा प्रधानमन्त्रीका अर्का बलिया दावेदार मान्न सकिन्छ । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि उहाँले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गर्नुभएको थियो । जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ । मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ । उहाँ प्रायः सरकारको अनुहार पनि हुनुहुन्थ्यो । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आवेले सुगालाई नै दिनुभएको थियो ।

वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्र्ेयाटहरूले भरिएको सत्ताधारी पार्टीमा उहाँ किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता हुनुहुन्छ । सुगाले आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिर्नुभएको थियो, जहाँ उहाँले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गर्नुपरेको थियो । उहाँ सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित बन्नुभएको थियो भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित हुनुभएको थियो ।

फुमिओ किशिदा

अहिले सत्तारुढ पार्टीको नीति प्रमुखको रूपमा काम गर्नुहुने पूर्व विदेशमन्त्री फुमिओ किशिदा प्रधानमन्त्रीका अर्का दावेदार हुनुहुन्छ । उहाँलाई प्रायः आबेको मनपर्ने नेता तथा प्रवल उत्तराधिकारीका रूपमा हेर्ने गरिएको छ । तर उहाँको नरम बोली र करिश्माको अभाव उत्तराधिकारीको सम्भावित अवरोधका रूपमा आउनसक्ने बताइन्छ । किशिदाको पहलमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई प्रथम विश्वयुद्धका समय अमेरिकाद्वारा खसालिएको अणुवमका कारण ध्वस्त भएको शहर हिरोसिमामा ल्याउने साहसी तथा नवीन कार्यका लागि ख्याति कमाउनुभएको छ ।

त्यस पहिले अमेरिकी राष्ट्रपतिका हैसियतमा कसैले पनि हिरोसिमामा पाइला हालेको थिएन । उहाँकै समन्वयमा जापान र दक्षिण कोरियाबीच सन् २०१५ मा भएको राजनीतिक सम्झौता भएको मानिन्छ । उहाँ हिरोसिमाबाट निर्वाचित प्रतिनिधि हुनुहुन्छ । सम्झौताको उद्देश्य जापानको कब्जाको क्रममा यौन दासहरुको प्रयोगलाई लिएर ती मुलुकहरुबीचको लामो समयदेखि चलिरहेको विवाद समाप्त गर्नु हो ।

तारो कोनो

रक्षामन्त्री तारो कोनो कुनै समय महत्वाकांक्षी र स्वतन्त्र विचारधारा भएका राजनीतिक सुधारक मानिन्थ्यो । तर ५७ वर्षीय नेता कोनो हालका वर्षहरूमा आबेको मन्त्रिपरिषद्को एक महत्वपूर्ण सदस्यको रूपमा आफ्नो विचारलाई त्यागेको पाइन्छ । कुनै समय बेलायत अधिनस्थ रहेको जर्जटाउनमा आफ्नो उच्च शिक्षा हाँसिल गरेका कोनो रक्षामन्त्री हुनुअघि सरकारमा सुधारको पक्षमा वकालत गर्र्नेे मन्त्रीको रूपमा चिनिन्छ । उहाँले जापानको शीर्ष कूटनीतिज्ञको रूपमा विभिन्न देश र उच्च अधिकारीसँग व्यक्तिगतसम्बन्ध जोड्ने मौका पनि पाउनु भएको छ । यस पहिले सन् २०१७ देखि सन् २०१९ सम्म विदेश मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको दक्षिण कोरियासँगको सम्बन्ध सुधारका लागि समन्वयकारी भूमिका रहेको मानिन्छ ।

हालका वर्षहरूमा उहाँले सरकारको आधिकारिक समर्थन दिएर आणविक शक्तिसँगको आफ्नो उत्कट विरोधको बारेमा छलफल गर्न धेरै हदसम्म रोक्नुभएको छ र आफ्नो स्वतन्त्र छविको बाबजुद उहाँ एसो र सुगा दुबैको विश्वास जित्न सफल मानिनुहुन्छ । कोनोले जापानी र अंग्रेजीमा व्यक्तिगत ‘ट्विटर अकाउन्ट’हरू सञ्चालन गरी सामाजिक सञ्जालमा राम्रो उपस्थितिबाट आफूलाई अन्य नेताभन्दा नागरिकसँग बढी साक्षातकार गराई भिन्न देखाउने प्रयास गर्नुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !