४ बैशाख २०८१, मंगलबार

कर्मचारी कटौती गर्ने एअर बसको निर्णयको विरोधमा प्रदर्शन


एअर बस

म्याड्रिड, ८ साउन । युरोपियन विमान कम्पनी एअरबसमा एक हजार ६०० रोजगारीका अवसर कटौतीको बिषयलाई लिएर बिहीबार स्पेनभरी हजारौं एयरबस कर्मचारीहरूले प्रदर्शन गरेका छन् ।

यद्यपि सयौं रोजगारी कटौती गर्ने घोषणा महामारी सुरूभएपछि फेब्रुअरीमा पहिलो पटक घोषणा गरिएको थियो । तर कोर्नोभाइरस महामारीले कम्पनी निकै प्रभावित बनेपछि जुनको अन्त्यमा घटाउने पदहरूको सङ्ख्या दोब्बर हुने घोषणा गरिएको छ ।

स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा रहेको गेटाफेमा मास्क लगाएका सयौँ प्रदर्शनकारीहरूले विमानको कार्यालय र स्थानीय शहरको हलको मध्य क्षेत्रमा प्रदर्शन गरेका थिए ।

उनीहरूले कसैले पनि जागिर नछोड्ने पद खारेज गर्न नपाइने भावका नाराहरू लेखिएका ब्यानरसहित जुलुसमा सहभागी बनेका थिए ।

जुनको अन्त्यमा एयरबसले विश्वभर आफ्ना १५ हजार कर्मचारीलाई कटौती गर्ने योजना बनाइरहेको बताएको थियो भने यसमध्ये स्पेनमा ८८९ कर्मचारी हटाउने एअरबसले जनाएको छ ।

एअरबसले महामारीको प्रतिक्रियास्वरूप कूल जनशक्तिको ११ प्रतिशत कर्मचारीलाई घटाउन लागेको बताउँदै आएको छ ।

“मलाई थाहा छ यो गाह्रो अवस्था हो तर एयरबस जस्ता प्रसिद्ध कम्पनीबाट कर्मचारीमाथि यस किसिमको निर्मम निर्णय आउँछ भन्ने मलाई लागेको थिएन,” एक एअरबसका ३६ वर्षीय इञ्जिनियर जेभियर पयाले भन्नुभयो ।

एरोस्पेस क्षेत्रका लागि राज्य सहायताको माग गरिरहेका श्रमिक आयोग युनियनका अगस्टिन मारिनले भन्नुभयो, “महामारीका कारण सिर्जना भएको आर्थिक समस्याका कारण कसरी रोजगार र उच्चस्तरीय उत्पादन प्रणालीलाई प्रभावित पार्छ भन्ने कुरा हामी बुझ्न सक्दैनौं ।”

एयरबसले स्पेनभरि करिब १२ बजार ३०० जनालाई रोजगार प्रदान गरेको छ तर युनियनका प्रतिनिधिहरूले एरोस्पेस कम्पनीले प्रत्यक्ष तथ अप्रत्यक्षरूपमा स्पेनमा एक लाख व्यक्तिलाई रोजगारी दिएको दावी गरेका छन् ।

एएफपीलाई सम्बोधन गर्दै एयरबसका प्रवक्ताले २ जुलाईदेखि युनियनहरूसँग वार्ता सुरु भएको र समाधानहरू खोज्ने पहल भइरहेको तथा महामारीबाट थला परेको उद्योगलाई जोगाउँदै न्यूनतम रोजगारी कटौतीका लागि सहमति निकाल्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !