८ बैशाख २०८१, शनिबार

रुसमा पुटिनविरोधी प्रदर्शन, सयौं प्रदर्शनकारी गिरफ्तार


कात्तिक २०, मस्को । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी सयौं कार्यकर्तालाई पक्राउ गरिएको छ । पुटिनविरोधी अभियानमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विपक्षी नेता भ्यचेस्लाभ माल्त्सेभले आफ्नो वेबसाइटमा ‘पुटिनको अत्याचार’ विरुद्ध ‘जनआन्दोलन’ का लागि अपिल गरेका थिए । उनकै अपिलअनुसार प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केही प्रदर्शनकारीसँग छुरा तथा पेस्तोलसमेत रहेको प्रहरीको दाबी छ । कति संख्यामा प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको छ भन्ने प्रष्ट भइसकेको छैन । यद्यपि दुई सय ५० भन्दा बढीको संख्यामा प्रदर्शनकारीहरु प्रहरीको नियन्त्रणमा रहेको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । केहीले भने ४०० भन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको दाबी गरेका छन् ।
पक्राउ गरिएका प्रदर्शनकारीलाई प्रहरीले सोधपुछसहित थप कारवाही अघि बढाएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !