४ बैशाख २०८१, मंगलबार

पाकिस्तानका विदेशमन्त्री कुरैशीलाई कोरोना भाइरस संक्रमण पुष्टि


शाह महमद कुरैशी

एजेन्सी, काठमाडौँ २० । पाकिस्तानका विदेशमन्त्री शाह महमद कुरैशीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विदेश मन्त्री कुरैशीले शुक्रबार ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

संक्रमण पुष्टि भए लगत्तै आफू घरमै क्वारेन्टिनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् । संक्रमण देखिएसँगै घरबाटै काम गर्ने बताएका उनले सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न आग्रह पनि गरेका छन्।

एसियाली देशमा सबैभन्दा बढी प्रभावित हुने देशको तेस्रो नम्बरमा रहेको पाकिस्तानमा शनिबार विहानसम्म २ लाख २१ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४ हजार ५५१ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !