८ बैशाख २०८१, शनिबार

सेना प्रमुखसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुगे लद्दाख


सेना प्रमुखसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुगे लद्दाख

एजेन्सी, १९ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो अवस्था बझ्न भारत-चीन विवाददित भूमि लद्दाख पुगेका छन् । प्रधानमन्त्री मोदी स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित विवादित भूमि लद्दाख पुग्नुभएको हो ।

भारतीय संचार माध्यमहरुका अनुसार प्रधानमन्त्री मोदी शुक्रबार (आज)बिहान भारत–चीनबीचको विवादित सीमा क्षेत्र लद्दाख पुगेर सैनिकहरुसँग त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको बताइएकाे छ ।

केही हप्ताअघि त्यस क्षेत्रको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच सीमा विादकै कारण झडप भएको थियो । झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो । भारतले चिनियाँ सैनिकको पनि ज्यान गएको दावी गरेपनि त्यसको चीनले पुष्टि गरेको छैन् । भारतका केही सैनिकहरुलाई नियन्त्रणमा लिएको चिनले ३ दिनपछि नि:शर्त छाडिदिएको थियो ।

यसअघि रक्षामन्त्री राजनाथ सिंह लेह जाने तय भएपनि बिहीबार मात्रै उनको भ्रमण स्थगित गरिएको थियो । चीनसँग सीमा विवाद उत्कर्षमा पुगिरहेका बेला सीमामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन मोदी लेह पुगेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !