८ बैशाख २०८१, शनिबार

चुनावपछि क्याटलोनियाको संकट समाधान हुने विश्वास


कार्तिक १८, स्पेन | स्पेनको क्याटलोनियाका लागि केन्द्रीय सरकारका प्रतिनिधिहरुले क्याटलोनियाको संकट निर्वाचनपछि समाधान हुने दावी गरेका छन् । अहिले देखिएको संकट निर्वाचनसँगै अन्त्य हुने उनीहरुले बिहीबार दावी गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।स्पेनको स्वायत्त राज्यको रुपमा रहेको क्याटलोनियाले गत अक्टोबर १ मा जनमत संग्रह गरेको थियो । जुन स्पेनको संविधान अनुसार असंबैधानिक रहेको छ । जनमत संग्रहबाट तत्कालिन क्षेत्रीय सरकारले स्वतन्त्र राज्य घोषणा गरेपछि त्यसको विरोधमा केन्द्रीय सरकारले अहिले क्याटलोनियामा प्रत्यक्ष शासन लागु गरेको छ । साथै केन्द्रीय सरकारले आउदो डिसेम्बर २१ गते क्षेत्रीय निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
क्याटलोनिया क्षेत्रीय सरकारका पुर्व सदस्यहरुले म्याड्रिड स्थीत अदालतमा उपस्थित भएर विद्रोह, सार्वजनिक सम्पत्तिको दुरुपयोग लगायतका विषयमा लगाइएको आरोपको जवाफ दिएका छन् । स्पेन सरकारका प्रतिनिधि इन्रीक मिल्लोले संकट समाधान हुने देखेको बताउनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !