७ बैशाख २०८१, शुक्रबार

मंगोलियामा भएको संसदीय निर्वाचनमा न्यून सहभागिता


निर्वाचन

उलानबटोर, १० असार । मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन् । मतदान स्थानीय समय अनुसार बिहान ७ बजे शुरु भएको थियो ।

मतदानका लागि देशभरी दुई हजार ७० मतदान केन्द्रहरु स्थापना गरिएका छन् । निर्वाचनमा कम्तीमा १३ राजनीतिक पार्टी, चार ओटा गठबन्धन र १३७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदान गर्नका लागि देशभरी झण्डै २१ लाख जनाको नाम मतदाता नामावलीमा रहेको छ । मंगोलियाको एक सदनात्मक स्टेट ग्रेट खुरालमा निर्वाचनबाट ७६ जना सांसद चार वर्षे कार्यकालका लागि निर्वाचित हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !