१२ बैशाख २०८१, बुधबार

लद्दाखमा चिनियाँ र भारतीय सैनिकवीच भिडन्त : २० भारतीय सैनिकहरु मारिए, ४३ चिनियाँ सैनिकहरु हताहत


लद्दाखमा चिनियाँ र भारतीय सैनिकको भिडन्त

एजेन्सी, असार २ । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच सोमबार राति भिषण भिडन्त भएको छ । उक्त भिडन्तमा कम्तिमा २० जना भारतीय सैनिकहरु मारिएको बिबिसी र भारतीय सञ्चार माध्यमले जनाएका छन् । शुरुमा ३ जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै बताएका थिए ।

साथै चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सकी प्रमुख सम्वाददाता वांग वेनवेनले ट्वीट गर्दै ५ जना चिनियाँ सैनिकको मृत्यु हुनुका साथै ११ जना घाइते भएको जानकारी दिएकी थिइन् । साथै ४३ चिनियाँ सैनिकहरु हताहत भएको भारतीय सञ्चार माध्यम एण्डीटिभीले जनाएको छ । यद्यपि चिनियाँ सेनाको हताहत बारेमा चिनियाँ पक्षवाट आधिकारिक जानकारी आइसकेको छैन ।

उक्त भिडन्तको विषयलाई लिएर चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनिया सेनामाथि आक्रमण गरेको औपचारिक प्रतिक्रिया दिएको छ । दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको १ महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा ठूलो हताहत भएको बुझिएको छ ।

ज्यान गुमाउनेमा बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबु, हवलदार पालानी र सिपाही कुन्दन झा छन् । ज्यान गुमाउने अन्य भारतीय सैनिकको भने भारतीय सञ्चारमाध्यमले नाम उल्लेख गरेका छैनन् । गलवान उपत्यकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए ।

तथापी दुई साताअघि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो । वार्ता सफल भएको बताइएको दुई सातामै सेनाबीच झडप भएको हो । २०१७ मा पनि चीन र भारतका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो ।

यो पनि पढ्नुहोस्

लद्दाखमा चिनियाँ र भारतीय सैनिकको भिडन्त : ५ चिनियाँ र ३ भारतीय सैनिकको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !