१३ बैशाख २०८१, बिहिबार

ढाका–ग्वान्झाउ उडान स्थगित


बेइजिङ, ३२ जेठ । चिनियाँ नागरिक उड्डयन नियामक निकायले चाइना साउदर्न एयरलाइन्सको ढाका–ग्वान्झाउ उडान स्थगित गरेको छ ।

गत जुन ११ को ढाका–ग्वान्झाउको उडानमा सवार १७ जना यात्रुमा कोविड–१९ को संक्रमण देखिएपछि चार हप्ताका लागि उडान स्थगित गर्नु परेको अधिकारीहरुले बताएका छन् ।

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले विमानमा यात्रा गर्न चाहने व्यक्तिमा लगातार तीन सातासम्म कोरोना भाइरस नेगेटिभ हुनुपर्ने नियम बनाएको छ । प्राधिकरणले कोरोना नेगेटिभ देखिएको अवस्थामा ढाका उडान हप्तामा २ वटा गर्न सक्ने जनाएको छ ।

तर यदि कोरोना पोजेटिभ भएका यात्रुको संख्या ५ भन्दा बढी पाइए त्यस्तो बिमान सेवालाई एक साता उडान गर्न नपाउने गरी प्रतिबन्ध लगाइने छ । तर पोजेटिभ भएका यात्रुको संख्या १० भन्दा बढी भए यस्तो प्रतिबन्ध चार हप्ता गरिने प्राधिकरणले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !