११ बैशाख २०८१, मंगलबार

तान्जानियाका राष्ट्रपतिलाई भारतीय प्रधानमन्त्रीकाो धन्यवाद


३१ जेठ । तान्जानियाका राष्ट्रपति डा.जोन पोम्बे जोसेफ मागफुलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर धन्यवाद दिनुभएको छ । उहाँहरुबीच शुक्रबार साँझ फोनवार्ता भएको थियो । त्यस क्रममा उहाँले तान्जानियाका राष्ट्रपति डा. जोसेफ मागफुलीलाई तान्जानियाबाट भारतीय नागरिकको उद्धार गरेर भारत पठाइदिएकोमा धन्यवाद दिनुभएको थियो ।

सो फोनवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले सन् २०१६ मा भएको तान्जानियाको भ्रमणको स्मरण गर्दै त्यस भ्रमणका बारेमा पनि कुराकानी गर्नुभएको प्रधानमन्त्री मोदीको कार्यालयद्धारा शनिबार जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सो फोनवार्तामा उहाँहरुले दुई देशका विभिन्न विषयका साथै आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी गर्नुभएको पनि सो विज्ञप्तिमा जनाइएको छ । तान्जानियाले आफ्नो देशमा रहेका र कोभिड १९ का कारण समस्यामा परेका भारतीय नागरिकहरुलाई उद्धार गरेर भारत पठाइदिएको थियो । त्यस कार्यका लागि प्रधानमन्त्री मोदीले उहाँलाई धन्यवाद दिनुभएको हो ।

त्यस वार्ताका क्रममा उहाँले यस वर्षको अन्त्यमा तान्जानियामा हुन लागेको आमनिर्वाचनका लागि पनि राष्ट्रपति जोसेफ र त्यहाँका नागरिकहरुप्रति शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !