७ बैशाख २०८१, शुक्रबार

एक असईसहित ४ प्रहरी निलम्बित


nepal-police

२१ जेठ, जनकपुरधाम । प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । लकडाउनको समयमा आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पुर्‍याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह, चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !