७ बैशाख २०८१, शुक्रबार

काश्मिरमा एक आतंककारी मारिएको भारतीय प्रहरीको भनाई


पुलवामा (जम्मु एण्ड काश्मिर) २० जेठ। भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ ।काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ ।

काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो क्षेत्रमा प्रहरीको कारबाही भने जारी रहेको छ । यसअघि सोमबार मात्र पनि भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा तीन जना आतंककारी मारिएका भारतीय सेनाले जानकारी दिएको थियो ।
त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ ।(रासस,एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !