६ बैशाख २०८१, बिहिबार

छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन


अजित जोगी

रायपुर, १६ जेठ । भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गर्नुभएका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो ।

उहाँलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उहाँ ७४ बर्षको हुनुहुन्थ्यो । उहाँकी श्रीमती रेनु जोगी प्रदेश सभा सदस्य हुनुहुन्छ भने छोरा अमित जोगी प्रदेश सभाका पुर्व सदस्य हुनुहुन्छ ।

“स्थानीय समय अनुसार दिउसो ३.३० मा उहाँले अन्तिम स्वास फेर्नुभयो, त्यसपछि विदा हुनुभयो,” अस्पतालका एक चिकित्सकले भने ।

उहाँलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा सुनिल खेम्काले जानकारी दिनुभयो ।

कर्मचारीबाट राजनीतिमा प्रवेश गर्नुभएका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुदै सन् २०० देखि २००३ सम्म मुख्यमन्त्री हुनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !