७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड हावादारी हुन्, ओली सरकारले दलितको मुद्धा सम्बोधन गर्न सकेन : पूर्वमन्त्री पासवान


विश्वेन्द्र पासवान

काठमाडौं, १६ जेठ । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा विश्वेन्द्र पासवानले नेपालमा अहिलेसम्मपनि जातीय विभेद, छुवाछुत अन्त्य नभएको बताएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका पासवानले एक टेलिभिजनसँग अन्तर्वार्ता दिँदै ओली सरकारले दलितको मुद्धा ओली सरकारले सम्बोधन नगरेको समेत आरोप लगाए । उनले भने, “उनले भने, ‘नेपालमा जातीय विभेदको अन्त्य कहाँ भएको छ ? नवराज बिकलगायतका युवाहरुको भर्खरै हत्या भएको होईन ? रुकुमपश्चिमको यो अमानवीय घट्नामा नेताहरु नै दोषीलाई बचाउन लागेका छन् । जनयुद्धमा लागेका नेताहरु यो घट्नाका दोषीलाई बचाउन लागेका छन् ।”

ओली सरकारले ल्याएको बजेट राम्रो नभएको आरोप लगाएका छन् । उनले भने,’यो बजेटमा के राम्रो छ ? यो सरकारले दलित, जनजाति, आदिवासी, पिछडा, मजदुर, किसान, विपन्न र तमाम कमजोर वर्ग जसलाई बहुजन, बहुसंख्यक शोषित पीडित भनिन्छ, त्यसको पक्षमा यो बजेटले सम्बोधन गरेकै छैन् ।’ उनले कार्यकर्ता पाल्ने बजेट राम्रो हुन्छ ? भन्दै प्रश्नसमेत तेर्साए । पासवानले भने,’प्रचण्डले यो बजेट राम्रो भनेर हुन्छ ? प्रचण्डको सबै कुरा हावादारी भनेर अरुले भन्छ, म त भन्दिन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !