७ बैशाख २०८१, शुक्रबार

लोकतान्त्रिक गठबन्धनले सिट संख्या टुंगो लगाउन सकेन, कांग्रेसको शीर्ष तहलाई जिम्मा


असोज २२, काठमाडौँ | कांग्रेस नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको कार्यदलले चुनावी तालमेलको टुंगो लगाउन नसकेपछि त्यसको जिम्मा नेपाली कांग्रेसलाई दिएको छ। उक्त गठबन्धनमा आबद्ध दलहरुले ठुलो मात्रामा सिट संख्यामा दाबी गरेपछि कांग्रेसलाई गठबन्धन निर्माणमानै चुनौती थपिएको छ ।

आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनमा रहने दलले के कति संख्यामा सिट लिने भन्ने विषय टुंगो लगाउन नसकेपछि कार्यदलले त्यसको अन्तिम टुंगो लगाउने जिम्मा कांग्रेसका शीर्ष तहका नेतालाई दिएको हो। दुई दिनसम्म बसेको कार्यदलको बैठकले सिट, जिल्ला र पार्टीको छिनोफानो गर्ने जिम्मा कार्यदलको संयोजक समेत रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई दिएको कार्यदलका सदस्य तथा नेपाल लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरीले जानकारी दिए।

स्थानीय हको निर्वाचनमा पार्टीले प्राप्त गरेको सिट, मत तथा अघिल्ला दुई संविधानसभाको निर्वाचनमा पाएको मतका आधारमा शीर्ष नेतासंग परामर्श गरी सिट र क्षेत्र निर्धारण गर्ने सहमति कार्यदलमा भएको छ। कार्यदलको बैठकमा सहभागी विभिन्न पार्टीका नेताले सिट संख्यामा आ-आफ्ना दाबी गरेपछि त्यसको टुंगो सबै भन्दा ठुलो पार्टी कांग्रेसका शीर्ष नेताबाट लगाउन लागिएको हो। कुन पार्टीले कति सिट लिने र कुन क्षेत्र भन्ने निर्क्योल भएपछि मात्रै आफूहरु जिल्लामा परिचालित हुने नेता रामजनम चौधरीले जानकारी दिए।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !