१३ बैशाख २०८१, बिहिबार

दुई सातादेखी स्याङजाको फेदीखोलामा बलेन बिजुली


भाद्र ३१, स्याङ्गजा | स्याङजाको फेदीखोला गाँउपालिकामा दुईसातादेखी विद्युत अवरुद्ध हुँदा स्थानिय अन्धकारमा बस्न बाध्य भएका छन । विद्युत सेवा बन्द भएसंगै स्थानिय सञ्चारको पहुँचबाट समेत टाढा हुन पुगेको स्थानियले गुनासो गरेका छन ।

स्याङजाको साविक आरुखर्क गाविसको वडा नं १, २ र ३ का वडामा बाँगेमा रहेको ट्रान्सर्फमर विग्रेको एक सातापछि बनाउने क्रममा पड्किएसंगै सिंगो गाँउनै दुई सातदेखी विद्युत सेवाबाट बञ्चित भएको हो ।

फेदीखोला गाँउपालिकाको वडा नं ४ मा पर्ने ३ वटा गाँउका बासिन्दा हाल मोवाइल चार्ज गर्न समेत ३ घण्टाको पैदल यात्रा गरेर गर्नुपर्ने समस्या रहेको वडा अध्यक्ष माधव सुबेदीले जानकारी दिए ।

सामुदायिक विद्युत उत्पादन तथा वितरण संस्था लिमिटेडले वितरण गरेको विद्युत प्रसाण लाइनको ५० केभीए क्षमताको ट्रान्सर्फर मर्मतका क्रममा पड्कीए संगै यस्तो समस्या आएको संस्थाका सचिव कमल पौडेलले जानकारी दिए । नेपाल विद्युत प्राधिकरण ८० प्रतिशत र सामुदायिक विद्युत उत्पादन तथा वितरण संस्था लिमिटेडको २० प्रतिशत लगानीमा वितरण गरिएको प्रसारण लाइनमा विगतमा पनि कयौं दिन अध्यारोमा नै रात कटाउन परेको स्थानिय शोभा पौडेलले गुनासो गरिन । पटक पटक गुनासो गर्दा समेत आफ्ना गुनासो सुनुवाई नभएकोमा स्थानियले आक्रोस समेत पोखेका छन ।

नेपाल विद्युत प्राधिकरणले बनाउनका लागी हेटौडा पठाएको ट्रान्सर्फमर बनेर आउने बित्तिकै विद्युत आपुर्ति सहज हुने विद्युत वितरण संस्थाका सचिव पौडेलले बताए । उनले भने हामीले प्राधिकरणलाई जानकारी गराएका छौं ट्रान्सफर्मर आइतबारसम्ममा बन्ने सभ्भावना छ । ट्रान्सर्फमर जिल्ला आएको भोलीपल्टनै जडान गरी दशै अगाडीनै बत्ती बाल्न पाउने विश्वास दिलाएका छन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !