७ बैशाख २०८१, शुक्रबार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो


पेट्रोल

९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।सो अनुसार आज बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टीतेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मट्टीतेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !