७ बैशाख २०८१, शुक्रबार

जुम्लामा विदेशबाट आउने ४००


सिँजा, १८ चैत । भारत र तेस्रो मुलुकबाट आएका नागरिक करीब ४०० पुगेका छन् । स्थानीय प्रशासनले सबै स्थानीय तहको सहयोगमा जिल्लाभरि भारत र तेस्रो मुलकबाट आएका व्यक्ति तथा तिनको अवस्थाका बारे तथ्यांक संकलन गर्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको नेतृत्वमा जिल्लामा रहेको कोभिड कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकीकृत तथ्यांक सोमबार सार्वजनिक गरी ३७१ भारत र १३ अन्य तेस्रो मुलुकबाट जुम्लीहरु जिल्लामा भित्रिएको जानकारी दिएको छ । तीमध्ये ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा छन् । यसैगरी ४६ जना होम क्वारेनइनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा रहेको छ ।

तीन हजारको तापक्रम जाँच
भारत अन्य मुलुक र नेपालका विभिन्न जिल्लाबाट यस समयमा भित्रिएका तीन हजार ८७९ जनाको तापक्रमसहित विभिन्न हेल्प डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । उनीहरुलाई हेल्थ डेस्क नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल र हिमा गाउँपालिकामा स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएकोे जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
संक्रमितसँगै जहाजमा उडेका युवक क्वारेन्टाइनमा
हाल संक्रमित भएका एक व्यक्तिसँग जुम्ला कनकासुन्दरीका एक युवक नयाँ दिल्लीबाट जहाजा सँगै आएको भन्ने थाहा भएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको छ । उनी अहिले होम क्वारेन्टाइनमा रहेको जानकारी प्राप्त भएको छ ।
उनी काठमाडौँमै रहेको र अहिले होम क्वारेन्टाइनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !