१३ बैशाख २०८१, बिहिबार

मन्त्री अर्यालद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना


Padma Kumari Aryal

काठमाडौँ, २५ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण दिदीबहिनीमा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आर्थिक सशक्तीकरणतर्फ उन्मुख भई आत्मनिर्भरताको दिशामा अगाडि बढौँ भन्ने कामना गर्नुभएको छ ।

आज यहाँ जारी गर्नुभएको सन्देशमा उहाँले महिलाको सशक्तीकरण अभियानलाई मूल मुद्दा बनाएर अघि बढ्न आवश्यक भएको र त्यसका लागि सामाजिक सचेतनताको अभियानलाई सशक्त ढङ्गले अगाडि बढाउँदै महिलालाई उत्पादनशील कार्यमा सहभागी गराएर आर्थिकरूपमा आत्मनिर्भर बनाउन जरुरी भएको बताउनुभएको छ ।

राज्यका सबै क्षेत्रमा एकतिहाइ महिला सहभागितालाई अनिवार्य गराउने संवैधानिक व्यवस्थाले महिला समानताको सुनिश्चिततालाई निकट बनाएको जनाउँदै उहाँले सन्देशमा यसलाई नेपाली महिला आन्दोलनको ठूलो उपलब्धि भएको उल्लेख गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !