४ बैशाख २०८१, मंगलबार

चौर्तफी विरोध हुँदाहुँदै सभामुखमा सापकोटा निर्विरोध निर्वाचित


agni

१२ माघ, काठमाडौं । आइतबार बसेको संसद बैठकले प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । सभामुखमा एकल उम्मेदवार बनेसँगै अग्नि सापकोटामाथि विभिन्न खालका टिक्का टिप्पणी हुँदै आएपनि नेकपाका उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

सापकोटाविरुद्ध धेरैले अदालतमा मुद्दा दायर गरेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख नबनाउन माग गर्दै दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए ।

न्यायाधीश फुयालले सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण न्यायाधीश फुयालले सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ नभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !