७ बैशाख २०८१, शुक्रबार

यस्ता छन्, प्याजको चिया पिउनुको फाइदै-फाइदा


एजेन्सी, निन्द्र नआउे समस्यालाई प्याजको सेवन गर्नु फाइदाजनक हुन्छ । निन्द्रा नआउने समस्या समाधानको लागि प्याजको चिया अचुक औषधि हो । प्याजको चियामा फाइटोकेमिकल्स तथा भिटामिन सी भरपूरु मात्रामा पाइन्छ । जसले हाम्रो शरीरमा रोगको प्रतिरोधात्मक क्षमता बढाउँछ । प्याजको चियामा क्रोमियम नामक तत्व पाइन्छ र यसको सेवनले हामूो शरीररको व्लड शुगर नियन्त्रित रहन्छ । प्याजको चियामा एन्टी इफ्लेमेटरी तत्व पाइन्छ जो हाम्रो शरीरलाई आगोबाट भएको पीडा टाढाँ राख्न मद्दत गर्छ । यदी तपाई यस्तो समस्याबाट पीडित हुनुन्छ भने प्याजको चिया सेवन गर्नुहोस् ।

प्याजको चिया पिउनाले व्लड कोलेस्ट्रोलको लेभल पनि नियन्त्रित हुन्छ । प्याजको चियामा क्वेरसेटिन नामक तत्व पाइन्छ जसले क्यान्सरबाट टाढा राख्छ । प्याजको चियाले पेटमा पाचन प्रक्रियालाई तन्दुरुस्त राखन सहयोग पुग्छ । प्याजको चिया खाना पचाउन पनि प्रभावकारी हुन्छ । प्याजको चियाले हाम्रो शरीरमा व्लड प्रेसर नियन्त्रित गर्छ । खासगरेर उच्च रक्त चाप भएकालाई प्याजको चियाले फाइदा पुग्छ ।
बनाउने तरिका
चिया पकाउने भाडोमा पानी हाल्ने र केही टुक्रा प्याज राख्ने । पानीलाई उमाल्ने र त्यसमा कागतीको रस र ग्रीन टी व्याग हाल्नुहोस् । अब यसलाई छान्नुहोस् र आफ्नो इच्छा अनुसार यसलाई पिउनुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !