६ बैशाख २०८१, बिहिबार

ओहोदाको प्रमाणपत्र प्रस्तुत


cf]xf]bfsf] k|df0fkq k|:t’t sf7df8f}F, @% ebf} -/f;;_ M /fi6«klt ljBfb]jL e08f/L;dIf g]kfnsf nflu a]nf?;sf u}/cfjf;Lo /fhb”t cfGb|]O h]p:sL /fi6«klt ejg, zLtn lgjf;df a’waf/ cfof]lht ljz]if ;df/f]xdf cfˆgf] cf]xf]bfsf] k|df0fkq k|:t’t ub}{ . tl:a/ Mk|bLk/fh jGt

काठमाडौँ, २५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतलनिवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुस, फिलिपिन्स, पोर्चुगल र भेनेज्वेलाका गैरआवासीय राजदूतहरु क्रमशः आन्द्रेइ जेउस्की, रोमोन एस बगतासिं जेआर, कार्लोस पेरेरा मर्कुस र कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !