१२ बैशाख २०८१, बुधबार

नरैनापुरमा एघार कक्षाको पढाइ हुने


स्कुल

नेपालगञ्ज, १ असार । बाँकेको राप्तीपारिको नरैनापुर गाउँपालिकामा यस वर्षदेखि कक्षा ११ को पढाइ शुरु हुने भएको छ । सो गाउँपालिका—६ गङ्गापुरको भोजपुरस्थित जयकिसान माविमा कक्षा ११ को पढाइ शुरु गर्न आवश्यक प्रबन्ध मिलाइएको अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

एघारको कक्षा सञ्चालनका लागि रु आठ लाख धरौटी राख्नुपर्ने प्रावधानका कारण विश्वविद्यालयले अहिले स्थानीयवासीसँग चन्दा सङ्कलन गरिरहेको छ । अध्यक्ष शाहले शिक्षा विकास तथा समन्वय एकाइ बाँकेको सहकार्यमा गाउँपालिकामै कक्षा ११ को पढाइ शुरु भएपछि स्थानीय विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

यसैबीच गाउँपालिकाले गत चैत मसान्तसम्म सञ्चालन गरेको साक्षरता अभियान कार्यक्रमअन्तर्गत तीन हजार नागरिकलाई साक्षर बनाइएको छ । अध्यक्ष शाहले गाउँपालिकालाई औंठाछापबाट मुक्त बनाउन साक्षरता अभियान शुरु गरिएको बताउनुभयो । नरैनापुरमा अभैm नौ हजार नागरिक निरक्षर रहेको गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । ‘‘हामी दोस्रो चरणको अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई साक्षर बनाउने छौं’’, अध्यक्ष शाहको भनाइ छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !