१२ बैशाख २०८१, बुधबार

सांसद विकास कोष खारेज गर्न माग


खस्यौली, १९ जेठ । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् । प्रदेश नं ५ को आजको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत रु ६ करोड प्रदान गर्ने विषय खारेज गर्न माग गर्नुभयो । “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उहाँले भन्नुभयो ।

प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले रुपैडिया नाकाबाट अखाद्य वस्तु भित्रिएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाका सदस्य बलदेव शर्मा पोखरेलले आफू स्वस्थ्य भएको प्रदेशसभालाई जानकारी दिनुभयो । अस्वस्थताका कारण उहाँ लामो समयदेखि बैठकमा उपस्थिति हुन सक्नुभएको छ । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सडक, सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !