७ बैशाख २०८१, शुक्रबार

गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी


धनुषा, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा प्रदेश नं.२ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो ।

प्रदेश नं. २ सरकारद्वारा १२ औँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रभातफेरी कार्यक्रमको समापन गर्दै मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आप्mनो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमूना रहेको छ”, उहाँले भन्नुभयो, “तीन तहको सरकार बनिसकेकाले विकास निर्माणको जिम्मा अब हामी सबैको काँधमा आएको छ ।”

मुख्यमन्त्री राउतले सबैले आ–आफनो जिम्मेवारी पूरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षा निकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रजिअ, कर्मचारीलगायतको सहभागिता रहेको थियो । प्रदेश २ सरकारले तीन दिवसीय कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछ । पहिलो दिन हिजो जनकपुरधामसहित प्रदेश २ का सरकारी कार्यालयहरुमा दीपावली, दोस्रो दिन आज बिहान प्रभातफेरी र साँझ दीप प्रज्ज्वलनको कार्यक्रम रहेको प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले जानकारी दिनुभयो । भोलि चियापान कार्यक्रम गरेर तीनदिने कार्यक्रमको समापन गरिने उहाँले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !