१२ बैशाख २०८१, बुधबार

महिला अधिकारका लागि सक्रिय रहने : महिला जनप्रतिनिधि


Nepalpatra

धादिङ, १५ जेठ । आगामी वर्षदेखि महिला अधिकार र विकासका लागि योजना निर्माण तथा कार्यान्वयनमा सक्रिय भएर लाग्ने प्रतिबद्धता धादिङका महिला जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् ।

प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा धादिङबेसीमा सम्पन्न पाँचदिने क्षमता अभिवृद्धि तालीमपछि महिलाहरु उत्साही भएको र महिला अधिकारका लागि उनीहरु लागिपर्ने बताएका हुन् ।

एघार गाउँपालिका र दुई नगरपालिकाका ३०० महिला जनप्रतिनिधि र महिला कर्मचारीको सहभागिता रहेको तालीममा उनीहरुले लैङ्गिक मैत्री बजेट, महिला विकास योजना निर्माण तथा महिलामाथि हुने सबै किसिमका भेदभाव र अपराधविरुद्ध टोल तहबाट नै योजना निर्माण गरी लागू गर्न सक्षम भएको सामाजिक विकास मन्त्रालयका स्किम श्रेठले बताउनुभयो ।

विकासका सामाजिक अन्तरसम्बन्धी मुद्दाहरु र स्थानीय तहको भूमिका, सामाजिक परिचालनको महत्व तथा यसको अभ्यास, विपद्मा महिला तथा बालबालिका संरक्षणका सवालहरु, स्थानीय तहको भूमिका, नेतृत्व विकास, लैङ्गिक विभेद, लैङ्गिक उत्तरदायी बजेट, लैङ्गिक परीक्षण, मानव बेचबिखन तथा यससम्बन्धी व्यवस्था, मुलुकी देवानी (संहिता) ऐन २०७४ मा महिला तथा बालबालिकासम्बन्धी व्यवस्था, घरेलु हिंसासम्बन्धी कानूनी व्यवस्था, समुदायमा आधारित संरक्षण प्रणाली तथा बाल संरक्षणमा स्थानीय तहको भूमिका, पितृसत्ताले महिलाको समग्र विकासमा पारेको असरलगायतको १५ विषयमा सहभागीहरुलाई तालीम दिइएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !