१३ आश्विन २०८१, आइतबार

कृषि हाट बजारको निर्माण शुरु


Nepalpatra

गलकोट, २९ वैशाख । स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले बागलुङ बजारमा कृषि हाट बजारको निर्माण शुरु भएको छ ।

आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पु¥याउने लक्ष्यले बागलुङ नगरपालिकाको पहलमा सो हाट बजार निर्माण गर्न लागिएको हो ।

बजार निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । विषादीयुक्त कृषि उपजहरु महङ्गो मूल्यमा खरीद गर्नुपर्ने आम उपभोक्ताहरुको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट बजार निर्माण गर्न थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । आम उपभोक्ताले सुपथ मूल्यमा अर्गानिक कृषि उपजहरु सोझा किसानको खेतबारीबाट हाट बजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउने नगरपालिकाले जनाएको छ ।

कृषि हाट बजार सञ्चालनमा आउँदा कृषि उपजका बिचौलियाहरुको अन्त्य हुने नगरपालिका प्रमुख पौडेलले बताउनुभयो । यसका लागि कृषि हाट बजार निर्माणका लागि जिल्ला कृषि सहकारी सङ्घले समेत संयोजन गरिरहेको छ । हाल दुई हजार वर्गफिटमा १० स्टल रहने गरी पाँच वर्षका लागि जग्गा भाडामा लिएर त्यहाँ टहरा निर्माण गर्न थालेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो ।

कृषकहरुले उत्पादन गरेको अर्गानिक कृषि उपजहरुको सहज रुपमा उपझोक्ता माझ पु¥याउनका लागि जिल्लामै पहिलो पटक कृषि हाट बजार निर्माण गर्न थालिएको जिल्ला कृषि सहकारी सङ्घ बागलुङका अध्यक्ष तथा कृषि हाट बजार निर्माण समितिका सल्लाहकार नरबहादुर थापाले जानकारी दिनुभयो ।

“दुई महीनामै कृषि हाट बजार निर्माण सम्पन्न हुनेछ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “कृषि हाट बजार सञ्चालन नियमावली निर्माण गरेर नगरपालिकाले केही महीनामै कृषि उपज बिक्री वितरणको काम शुरु गर्नेछ ।” हाट बजारमा विषादीरहित अर्गानिक तरकारी तथा मल, बीउ, कृषि औषधि तथा औजारलगायत कृषि उत्पादनसम्बन्धी सामानहरु पाइने नगरपालिकाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !