१३ आश्विन २०८१, आइतबार

सडक सुरक्षा सप्ताह शुरु


Nepalpatra

चितवन, २३ वैशाख । सडक दुर्घटना न्यूनीकरणका लागि चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे ।

जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उहाँले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सप्ताहको पहिलो दिन आज नारायणगढको पुल्चोकदेखि चौबिस कोठीसम्म सरसफाइ, २४ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना ¥याली, २५ गते स्कुल कलेज सम्पर्क कार्यक्रम र सवारी चालक तथा परिचालकको स्वास्थ्य प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया, २८ गते दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन र २९ गते समापन गरिने कार्यालयका नायब प्रहरी निरीक्षक कृष्णबहादुर ठकुरीले जानकारी दिनुभयो ।

चितवन मेडिकल कलेजले मृगौला प्रत्यारोपण गर्ने

चितवन मेडिकल कलेजमा मिर्गाैला प्रत्यारोपण हुने भएको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिको बैठकले कलेजलाई प्रत्यारोपणको अनुमति दिएको हो । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले आउँदो एक महीना भित्रमा प्रत्यारोपण थालिने बताउनुभयो । सो अस्पतालमा हाल एकसय बिरामीले मिर्गाैलाको डायलासिस गराउँदै आएका छन् । उहाँका अनुसार प्रत्यारोपणका लागि विज्ञ चिकित्सक समूह तयार छ भने आबश्यक उपकरण जडान भइसकेको छ । प्रबन्ध निर्देशक न्यौपानेले त्यहाँ डायलासिस गर्दै गरेका सबैजसो बिरामीको मिर्गाैला प्रत्यारोपण गर्न सकेमा खर्च घट्ने र आयु बढाउन सकिने बताउनुभयो ।

अस्पतालमा हाल दैनिक दुई हजार बिरामीले बहिरङ्ग सेवा गराइरहेकामा भर्ना भएर करीब ५०० जनाले उपचार गराइरहेका छन् । अस्पतालको सघन उपचार कक्षमा १० शै्या छ । मेडिकल कलेजमा हाल २६ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !