८ बैशाख २०८१, शनिबार

विद्यार्थीको सर्वाङ्गीण विकासमा समर्पित द ह्वाइट माउन्टेन स्कुलमा नयाँ भर्ना शुरु


द ह्वाइट माउन्टेन स्कुलमा नयाँ भर्ना शुरु

२४ चैत, काठमाडौँ । काठमाडौं उपत्यकाको ग्राण्डी अन्तरार्ष्ट्रिय अपस्तालको नजिक टोखा न.पा. -६, हरियाली वस्ती धापासीको एकदमै शान्त वातावरणमा अवस्थित द ह्वाइट माउन्टेन स्कुलमा प्ले ग्रुपदेखि कक्षा ९ सम्म नयाँ बर्ष २०७६ को उपलक्ष्यमा विशेष सहुलियतमा नयाँ भर्ना खुलेको छ । यस स्कुलवाट उत्तरमा शिवपुरी, पश्चिममा नागार्जुन र दक्षिणमा चन्द्रागिरी पर्वतको मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । विद्यार्थीहरुलाई नैतिकवान् र चरित्रवान् बनाउन यस स्कुलले संस्कारयुक्त सार्थक शिक्षामा जोड दिदै आएको छ । सम्पूर्ण विद्यार्थीमा आफ्नो धर्म संस्कृति, देशभक्ति र राष्ट्रियता भावना जागृत हुने खालका बिभिन्न गीत संगीत निर्माण गर्ने चरणमा रहेको यस विद्यालयका संस्थापक प्रिन्सिपल तिलक शर्मा पौडेल बताउनुहुन्छ ।

अनुशासित, नैतिकवान्, चरित्रवान, बौद्धिक, लगनशील र मानवीय गुणयुक्त विद्यार्थीको कल्पना गरी देश र समाजलाई गुन लगाउने सोच यस विद्यालयको रहेको छ । विद्यालय भन्ने बित्तिकै विद्यार्थी, शिक्षक, अभिभावकको त्रिकोणात्मक सम्बन्ध भन्ने बुझिन्छ । एउटा विद्यार्थीलाई शिक्षण सिकाईले मात्र पुग्दैन । उसलाई अतिरिक्त क्रियाकलापको पनि अति आवश्यक हुन्छ । विद्यार्थीको सर्वाङ्गीण विकासको लागि द ह्वाइट माउन्टेन स्कुलले अध्ययनरत विद्यार्थीको रुचि, चाहना अनुसार कविता, कथा, मुक्तक, लेख, रचना, चित्रकला, शैक्षिक भ्रमण अनुभव आदि समावेश गरी विद्यार्थीको क्षमता र सीपको विकास गर्दै आएको छ । बालबालिकामा भएको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउने कार्यमा एक कुशल सहजकर्ताको रुपमा यस विद्यालयले अहम् भूमिका खेल्दै आएको छ ।

यस स्कुलका विशेषताहरु र विद्यार्थीहरुलाई प्रदान गर्ने सुविधाहरु निम्न अनुसार छन् :

१. यूकेजी (UKG) सम्म मन्टेशरी विधिले पढाईनेद ह्वाइट माउन्टेन स्कुल
२. पूर्ण रुपमा अंग्रेजी मध्यमवाट पढाईने
३. विज्ञान प्रयोगशाला
४. कम्प्युटर प्रयोगशाला
५. पुस्तकालय
६. संगीत कक्षा
(क) स्वर कक्षा
(ख) साधन कक्षा
७. नृत्य
(क) शास्त्रीय
(ख) लोक
(ग) आधुनिक
८. नियमित खेलकुद क्रियाकलापहरू
९. मार्शल आर्ट ट्रेनिंग
१०. मौसमी क्रियाकलापहरू
(क) पौडी (स्विमिंग)
(ख) फिल्ड ट्रीप (कार्यक्षेत्र यात्रा)
(ग) शैक्षिक भ्रमण
११. विज्ञान र गणित प्रदर्शनी
१२. नेतृत्व विकास तालिम
१३. योग कक्षा
१४. संस्कृत भाषा कक्षा
१५. कला र शिल्पकला कक्षा
१६. कराँते शिक्षण कक्षा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !