७ बैशाख २०८१, शुक्रबार

आज पशुपतिमा पुरूषलाई प्रवेश निषेध, महिलाहरू बिहान तीनबजेदेखि लाइनमा


teej

हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा आज बिहानैदेखि मुलुकभरका शिव मन्दिरमा भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि व्रतालु महिलाको पानीमा रूझ्दै दर्शनका लागि लाइन लागेका छन्।

व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको छ।

दर्शनार्थीका लागि बिहान ३:३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले बताए।

आज पुरुषलाई पशुपति मन्दिर दर्शनमा निषेध गरिएको छ। कोषले यस वर्ष सःशुल्क दर्शन बन्द गरेकाले सबै भक्तजन लामबद्ध भइ बसेका छन्।

प्रहरीबाहेक स्वयम्सेवक पनि परिचालन नगरिएको कोषले जनाएको छ। करिब नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्ने कोषले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !