१३ बैशाख २०८१, बिहिबार

सिंहदरबारभित्रैबाट पल्सर चोर्ने र बेच्ने दुवै ६ वर्षपछि पक्राउ


pulsar thief

काठमाडौँ : ६ वर्षअघि सिंहदरबारभित्रैबाट मोटरसाइकल चोरी गरी बेचेको आरोपमा किन्ने र बेच्ने दुवैलाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रे होक्से–८ घर भई हाल ललितपुर सानागाउँमा मुर्तिको काम गरी बस्ने २४ वर्षीय विकास तामाङलाई प्रहरीले चोरेको आरोपमा प्रक्राउ गरेको हो।

२०६७ सालमा सिंहदरवार भित्रबाट विगेन्द्र मिश्रको नाममा रहेको बा.२६ प १५३६ नम्बरको कालो रंगको पल्सर मोटरसाइकल चोरी गरी बेचेको अभियोगमा प्रहरीले उनलाई बिहीबार ललितपुर सानागाउँबाट पक्राउ गरेको हो।

चोरीको उक्त मोटरसाइकल किन्ने व्यक्तिलाई समेत इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !