२३ मंसिर २०८१, आइतबार

मिसन साहसी काठमाडौंको बुढानिलकण्ठमा सम्पन्न


व्व

६ फागुन, काठमाडौं । देशव्यापी रुपमा सञ्चालन भैरहेको आत्मरक्षा र आत्मविश्वासका लागि विशेष प्रशिक्षण मिसन साहसी अन्तर्गत काठमाडौ स्थित बूढानीलकण्ठ नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा १००० जना छात्राहरुबीच सम्पन्न भएको छ ।

‘नारी सुरक्षा र आत्मसम्मानको लागि राष्ट्रव्यापि अभियान’ भन्ने मुल नाराका साथ विगत १५ दिनदेखि सञ्चालित मिसन साहसी प्रशिक्षण अभियानआइतबार एक कार्यक्रमका बीच समापन भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद काठमाडौ महानगर इकाई समितिको प्रमुख आयोजना तथा बूढानीलकण्ठ नगरपालिकाको विशेष सहयोगमा माघ २२ बाट सुरु भएको अभियान औपचारिक कार्यक्रम तथा विशेष प्रशिक्षण समारोहका साथ आज सम्पन्न भएको हो ।

बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर रमादेवी राई ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन समारोहमा परिषदका राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेल , परिषदकी राष्ट्रिय छात्रा प्रमुख तथा मिसन साहसी राष्ट्रव्यापी संयोजन समितिकि संयोजक भगवती श्रेष्ठ , डिएसपी शान्ताराज कोइराला , ३ नं प्रदेश सचिव कृष्ण प्रसाद हुमागाईँ , मिसन साहसी काठमाडौ सह-संयोजक संरचना पोखरेल , बूढानीलकण्ठ नगरपालिका वडा नं २ वडा अध्यक्ष राजेन्द्र खड्का , महानगर सचिव बीरबहादुर खड्का साथै विभिन्न विद्यालयका प्रधानाध्यापक र अन्य महानुभावहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै उपमेयर राईले भन्नुभयो ‘आजभोलि महिलाहरु टाढाका भन्दा पनि आफ्ना नजिकका व्यक्तिबाट नै बढि हिंसामा परेकाले स्वयम् आफै अब सबल र बलियो हुने बेला आएको छ । ‘

अन्य वक्ताहरुले बोल्ने क्रममा आधुनिकताको नाममा महिला हिंसा बढेकाले यसतर्फ महिला स्वयम् पनि सजग हुनुपर्ने जनाउनुभयो ।

समापन कार्यक्रममा विभिन्न विद्यालयका प्रशिक्षण लिएका करिब ८०० जना छात्राहरुको उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !