६ बैशाख २०८१, बिहिबार

पहिरोले दुईको मृत्यु, केही बेपत्ता


landslide

भाद्र १६, २०७३- लामावगर गाविस— ४ स्थित छेछ्योतमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

उक्त बस्तीमा तीन घरलाई पहिरोले पुर्दा २१ वर्षीय बटुले तमाङ र २० वर्षीय प्रेममाया तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रवीन कार्कीले बताए । हालसम्म ४० वर्षीया बातमाया तमाङ र पासङ तमाङ पुरिएको पुष्टी प्रहरी गरेको छ ।

एमाले लामावगर गाउँ कमिटी अध्यक्ष पहलमान तमाङका अनुुुसार साङ्वा तमाङसहित उनका परिवार बेपत्ता छन् । अर्को घर पुरिंदा बागमान तमाङको श्रीमती पनि बेपत्ता भएको पहलमानले टेलिफोनबाट जानकारी दिए । प्रहरीका अनुसार तीन घर पूर्ण रुपमा पहिरोले पुरेको छ ।

त्यसैगरी उक्त गाविसको वडा नं. ६ पहिरोले ७ घरका मानिसहरु विस्थापित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !