७ बैशाख २०८१, शुक्रबार

‘गुन्डा नाइके’ दीपक मनाङ्गेलाई उन्मुक्ति


Deepak-Manange

कुख्यात गुन्डा नाइके दीपक मनाङ्गेले संगठित अपराध मुद्दामा उम्नुक्ति पाएका छन्। प्रहरीले पटक-पटक अनुसन्त्रान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधमै अनुसन्धान गरेपनि सरकारी वकिलको कार्यालयले मानाङे र उनका सहयोगीविरूद्ध सामान्य मुद्दा दर्ता गरी उन्मुक्ति दिएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले मनाङे र उनका सहयोगीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा प्रहरी रायभन्दा फरक र फितलो मुद्दा दर्ता गराएको हो।

अदालत उच्च स्रोतका अनुसार मनाङे र उनका सहयोगी राजनकुमार सिंहबाहेक अन्य फरार व्यक्तिबारे समेत सरकारी वकिल कार्यालयले बनाएको मिसिलमा उल्लेख छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !