८ बैशाख २०८१, शनिबार

एक वर्षमा २६ शान्ति सेना मारिए


शव

१८ माघ, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ ।

राष्ट्रसङ्घको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसङ्घका कर्मचारीको मृत्यु भएको हो भने अरु आठ जना सर्वसाधारण परेका छन् ।

उनीहरु सबै जना घृणित आक्रमणमा परी मारिएको राष्ट्रसङ्घीय प्रवक्ता स्टेफन दुजार्रिकले बिहीबार जानकारी दिनुभयो ।

यद्यपी, सन् २०१८ मा मारिनेहरुको संख्या पछिल्ला पाँच बर्षमा सबैभन्दा कम भएको पनि उहाँले बताउनुभयो । यो संख्या सन् २०१७ को भन्दा आधा कम भएको नियमित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै ११ जना अफ्रिकी मुलुक मालीमा मारिएका छन् । त्यसपछि धेरै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आठ जना र मध्य अफ्रिकामा सात जना मारिएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ देखि अहिलेसम्म शान्ति स्थापना कार्यमा खटिएका मध्ये तीनसय ४४ जना विभिन्न आक्रमणमा परी मारिएको राष्ट्रसङ्घले जनाएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !