१८ कार्तिक २०८१, आइतबार

नारी सुरक्षा र सम्मानका लागि ‘मिसन साहसी’ सुरु


misan

१८ माघ, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रियव्यापी अभियान मिसन साहसी कार्यक्रम आजबाट काठमाडौंमा सुरु भएको छ ।

नारी सुरक्षा र सम्मानका लागि राष्ट्रियव्यापी अभियान मिसन साहसी नामक कार्यक्रम विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाईले आजबाट राजधानीका विभिन्न कलेजका ८० भन्दा बढी छात्राहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएर सुरुवात गरेको हो ।

राजधानीको पद्यमकन्या क्याम्पस प्राङगढमा सुरु गरिएको मिसन साहसी अभियान अन्तर्गतको प्रशिक्षक प्रशिक्षण तालिम तीन दिन सम्म सञ्चालन हुने जनाइएको छ ।

उक्त तालिममा महिलालाई आत्मरक्षा र आत्म विश्वासका लागि विभिन्न सेल्फ डिफेन्सका टेक्निकहरु सिकाउनुका साथै आत्मविश्वासका लागि वैचारिक ज्ञान पनि दिइने विद्यार्थी परिषद्का राष्ट्रिय सचिव एवं ३ नम्बर प्रदेश संगठन सचिव छितराज न्यौपानेले जनकारी गराउनु भयो । उनीहरुलाई शारीरिक प्रशिक्षण प्रशिक्षक गोजिरियो कराते एसोएिसनका केन्द्री्रय कोषाध्यक्ष सानोकाजी नगरकोटीले प्रशिक्षण दिनुहुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !