६ बैशाख २०८१, बिहिबार

हिंसा न्यूनीकरण गर्नुपर्नेमा जोड


Nepalpatra

१० माघ, काठमाडौँ । अनौपचारिक सेवामा क्रियाशील श्रमिक महिला तथा किशोरीमाथि हुने गरेको हिंसालाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

श्रमिक महिला रक्षा सङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रियाका सहभागीले सो क्षेत्रमा क्रियाशील श्रमिकलाई हिंसा तथा शोषण हुने गरेकाले स्थानीय तहले अनुगमन गर्नुपर्ने जोड दिए । काठमाडौँ महानगरपालिकाअन्तर्गत सामाजिक विभाग प्रमुख सनद थापाले महानगरभित्रका सबै किसिमका व्यवसायलाई सम्बन्धित वडामार्फत छिट्टै अभिलेख गरिने बताउनुभयो । उहाँले अनौपचारिक क्षेत्रका श्रमिकको अवस्था बुझेर मात्र उनीहरुको व्यवसाय नवीकरणको प्रक्रिया गरिने जानकारी दिनुभयो ।

स्थानीय तह कर्मचारी युनियनका महासचिव रामप्रसाद पौडेलले यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र श्रमिकलाई शोषणबाट मुक्त गर्न उनीहरुलाई ट्रेड युनियनमा आवद्ध गराउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष सविना लिम्बू र अधिवक्ता स्वागत नेपालले विभिन्न दोहरी साँझ, डान्स बार, रेष्टुरेन्टलगायत मनोरञ्जनको क्षेत्रमा कार्यरत महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको उल्लङ्घन भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !