८ बैशाख २०८१, शनिबार

अनुगमन टोलीलाई धम्क्याउँदै चेम्बरका सदस्यले भने- ‘मैले मन्त्रीसँग कुरा गरिसकेको छु’


bazaar anugaman

काठमाडौं : बजार अनुगमन गर्न पुगेको आपूर्ति मन्त्रालयको टोलीलाई नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्यले धम्की दिएका छन्।

नयाँबजारस्थित अर्गानिक किचेन मार्टमा पुगेको टोलीलाई अनुगमनक्रममा कृष्णमान श्रेष्ठले ‘म चेम्बर अफ कमर्सको कार्यकारी सदस्य हुँ, मैले मन्त्रीसँग कुरा गरिसकेको छु’ भन्दै धम्क्याएका हुन्। चेम्बरको हवाला दिँदै धम्क्याउन थालेपछि एउटै स्टोरमा करिब एक घन्टासम्म टोली र व्यवसायीबीच बाझाबाझ भएको थियो।

अनुगमन टोलीमा मन्त्रालयका उपसचिव तथा टोली संयोजक कपिलप्रसाद रेग्मी सहित उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मी थिए। श्रेष्ठले संयोजकमाथि नै अभद्र व्यवहार गरेपछि अनुगमन टोली र व्यवसायीबीच चर्काचर्की भएको थियो।

अनुगमनको विरोध गर्दै श्रेष्ठले भने, ‘तपाईंहरुको अनुगमनले सबै खाद्यान्नहरु बन्द गरेपछि देशमा हाहाकार मच्चाउनेछ। त्यसको क्षतिपूर्ति कसले दिन्छ?’

श्रेष्ठको सो मार्टको दर्ता भने बिना श्रेष्ठको नाममा छ। टोलीले अनुगमनका क्रममा सो अर्गानिक किचेन मार्टमा अधिकांश सामान किरा लागेका तथा म्याद नाघेका, लेबल नखुलाइएका भेटाएपछि सिलबन्दी गर्ने निर्णय गरेको थियो।

गत जेष्ठ ५ गतेबाट मात्र मार्ट सुरु गरेका श्रेष्ठले सुधार गर्दै चलाउन लागेको र ट्रेडमार्क दर्ता गर्न समय नभएकाले लेबल नराखी सामान बिक्री गरिरहेको भन्दै आफ्नो बचाउ गरेका थिए। श्रेष्ठले टोली संयोजकलाई सम्पत्ति शुद्धीकरणमा उजुरी गर्ने समेत बताए।

टोली संयोजक रेग्मीले श्रेष्ठलाई भने, ‘हामी कसैको धम्कीदेखि डराउदैनौं। हाम्रो काम सिलबन्दी गर्ने हो। अब तपाईं आफ्नो पावर लगाउनुहोस्।’

सोमबार आपूर्ति मन्त्रालयको संयोजकत्वमा गएको अनुगमन टोलीले चार वटा स्थानमा अनुमन गरेको थियो। जस मध्ये दुईवटा स्टोरहरुमा सिलबन्दी गरेको छ।

राजधानीको कलंकीमा रहेको सिजी मार्टमा लेबल नलगाइएका तथा म्याद नाघेका सामानहरु फेला परेका थिए। टोलीले उक्त मार्टबाट सामान जफत गरी सुधारका लागि निर्देशन दियो।

कालोबजारी गर्ने स्टोरमा सिलबन्दी
टोलीले नयाँबजारमा रहेको नन स्टप ३६५ स्टोरमा बजार भाउभन्दा ६० प्रतिशत महँगोमा सामान बिक्री वितरण गरिरहेको भेटाएको छ। टोलीले दुई सय २७ रुपैयाँ पर्ने नेस्ट्रम नामको खाद्यवस्तु तीन सय ९५ रुपैयाँसम्म बिक्री गरिरहेको पाएपछि सिलबन्दी गर्‍यो।

त्यस्तै रामेको कन्भिनियन्ट स्टोरको नाममा दर्ता रहेको स्टोरलाई फरक नाम ननस्टप ३६५ नाममा सञ्चालन गर्दै आइरहेको फेला परेको थियो। टोलीले उक्त स्टोरमा एक महिना म्याद नाघेका वस्तुहरु, लेबल नलगाइएका मैदा लगायतका सामानहरु भेटाएको थियो।

कोको परे कारबाहीमा?
बजारमा मूल्यवृद्धि तथा कालोबजारी गरी उपभोक्तालाई ठग्ने क्रम बढेपछि आपूर्ति मन्त्रालयले साउन ३१ गतेदेखि अनुगमनलाई तीव्र बनाएको छ।

kalobajari
kalobajari

kalobajari


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !